हेटौँडा : हेटौँडा–१० स्थित रोशन होटल एण्ड लजको तेस्रो तल्लाबाट खसेर हेटौँडा–१२, पदमपोखरीका ३० वर्षीय अमित मोक्तानको मृत्यु भएको छ । सोमबार राती १० बजेर १५ मिनेटको समयमा होटल पुगेका अमित होटलको तेस्रो तल्लबाट खसेर गम्भीर घाइते भएका थिए ।
अमितलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो । हेटौँडा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि अमित सोमबार राती १२ बजेर २० मिनेटको समयमा चितवन रेफर गरिएको थियो । चितवनस्थित भरतपुर अस्पतालमा उपचारको क्रममा राती २ बजेर ८ मिनेटको समयमा अमितको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
अमितको श्रीमति सोही होटलमा काम गर्ने गरेको र उनी सोही होटलमा बस्दै आएकाले श्रीमतिलाई भेट्न अमित होटल पुगेको प्रहरीको भनाइ छ । मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार अमितको मृत्यु दुर्घटनाकै कारण भएको देखिएको छ । अमितले मादक पदार्थ सेवन गरेर होटल गएको प्रहरीको भनाइ छ ।











