हेटौँडा : बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँ बराबरको रहेको छ । आइतबार प्रदेश सभामा आर्थिक ममिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार रुपैयाँ (३८.६ प्रतिशत) र पुँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार (६१.४ प्रतिशत) विनियोजन गरिएको जानकारी दिनुभयो ।
मन्त्री काफ्लेले आगामी आर्थिक वर्षमा कर राजश्वबाट २८ अर्ब, ८७ करोड ८२ लाख १ हजार रुपैयाँ आम्दानी गरिने अनुमान प्रस्तुत गर्नुभएको छ । यस्तै अन्य करबाट ६ अर्ब ७९ करोड ४ लाख १३ हजार रुपैयाँ, संघीय वित्तीय हस्तान्तरण ४१ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ, विविध आयबाट १६ अर्ब ९८ करोड ९४ लाख १३ हजार रुपैयाँ व्यहोरिने बताउनुभएको छ ।











