हेटौँडा : बागमती प्रदेशको धादिङ जिल्लामा दुई जनाको मृत्यु भएको छ । धादिङको गंगाजमुना गाउँपालिकामा एक जना पुरुष मृत फेला परेका छन् भने खनियाँबास गाउँपालिका एक जना पुरुषको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

धादिङको गंगाजमुना गाउँपालिका–७, बेसारेमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा दाङ सल्यानपुरकोट गाउँपालिका–३, का ३४ वर्षीय गोबिन्द रावल रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार बिहान ८ बजेर ३० मिनेटको समयमा गोरेटो बाटोमा लडि घोप्टो परेको अवस्थामा गोबिन्द मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

धादिङको खनियाँबास गाउँपालिका–१, झार्लाङमा एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ६६ वर्षीय धुल बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । बुधबार बेलुका ७ बजेर ३० मिनेटको समयमा तामाङ झार्लाङबाट च्यामथली जाने भित्री सडक खण्डमा सडक निर्माणको काम गर्ने क्रममा अचानक बेहोस भई घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।