हेटौँडा : चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–४, कुरिनटारमा नेपाल भ्रमणमा आएका भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको आम्दावाद स्टेट गुजरातका ६२ वर्षीय मंन्जन भाई बागा भाई वुवा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
मंन्जन भाई बिहीबार दिउँसो १ बजेको समयमा अचानक बिरामी परेका थिए । मंन्जन भाईलाई उपचारकालागि चितवनस्थित इच्छाकामना आधारभूत अस्पताल लगिएकोमा दिउँसो १ बजेर ४५ मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।











