मकवानपुर सुनचाँदी व्यवसायी संघले आज आइतबारका लागि तय गरेको सुनचाँदीको दरभाउको विवरण ।

हेटौंडाः मकवानपुर जिल्लामा सुनको भाउ प्रतितोला एक लाख रुपैयाँ नाघेको छ । आइतबार मकवानपुर जिल्ला सुनचाँदी व्यवसायी संघले प्रतितोला तेजावी सुनको मूल्य एक लाख एक सय रुपैयाँ निर्धारण गरेको छ । सुनचाँदी व्यवसायी महासंघले काठमाडौंमा तोकेको मूल्यमा मकवानपुर जिल्ला सुनचाँदी व्यवसायी संघले ढुवानी खर्च वापत पाँच सय रुपैयाँ थप गरेर मूल्य निर्धारण गर्ने गरेको संघका अध्यक्ष केशव रसाईलीले जानकारी दिनुभएको छ ।

मकवानपुर जिल्ला सुनचाँदी व्यवसायी संघले तेजावी सुनको मूल्य भने ९९ हजार नौं सय तोकेको छ । सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य आइतबारका लागि ९९ हजार छ सय रुपैयाँ तोकेको छ भने तेजावी सुनको मूल्य ९९ हजार चार सय रुपैयाँ तोकेको छ । यस्तै चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ५० रुपैयाँ तोकिएको छ । सुनको मूल्य बढ्नु, लकडाउनका कारण सर्वसाधारणको आर्थिक अवस्था कमजोर हुनु, बैवाहिक कार्यक्रम कम संख्यामा हुनुका साथै बिवाहमा सुनको प्रयोग नगन्य हुनुले सुनचाँदी व्यवसायी संघले लकडाउनयता काठमाडौंबाट सुन नल्याएको अध्यक्ष रसाईलीले बताउनुभयो । लकडाउन अघि मकवानपुर जिल्लामा मासिक ४ देखि ५ केजी सुन काठमाडौंबाट ल्याउने गरिएको थियो ।