हेटौँडा : झरना साहित्यिक परिवार मकवानपुरले बुधबार बकैयामा फरक खालको कार्यक्रम गरेको छ । संस्थाद्वारा प्रायः कविता, मुक्तक, गजल, लघुकथा तथा निबन्ध विधा तथा उपविधाका कार्यक्रम गर्ने गरेकामा नेपाली भाषा शुद्ध लेख्न प्रेरणा दिने उद्देश्यले नेपाली अन्ताक्षरी प्रतियोगिता गरेको छ ।

प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालयका कक्षा ८–१० का साधारण तथा प्राविधिक धारका गरी पाँच पाँच जनाको पाँच समूह सहभागी भएका थिए । तीमध्ये समृद्धि स्याङ्बो, प्रिन्सी गौतम, विक्रम थिङ तथा प्रितम थापासमेतको रश्मि लामिछानेको समूह प्रथम भएको थियो । कार्यक्रममा झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, पूर्वअध्यक्ष उद्धव सापकोटा, महेन्द्र माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम गौतम, नारायण चापागाईं, सुभद्रा थापा तथा सन्तोष विकले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रधानाध्यापक देवकी सिग्देलको समेत उपस्थिति भएको सो कार्यक्रममा पुरस्कार प्रायोजन गायत्री रुपाखेतीले गर्नुभएको थियो । सो कार्यक्रमको सभाध्यक्षता पनि झसापकी उपाध्यक्ष गायत्री रुपाखेतीले गर्नुभएको थियो ।