हेटौँडा : बागमती प्रदेशको चितवन जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । चितवन जिल्लाको भरतपुर महानगरपाालिका–२ लायन्सचोकमा स्कार्पियोले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार चौबिसकोटीबाट लायन्सचोकतर्फ आउँदै गरेको बा.प्र.०६–०१ प ११७३ नम्बरको स्कुटरलाई लायन्सचोकबाट चौबिसकोटी तर्फ जाँदै गरेको बा १५ च १७३७ नम्बरको स्कार्पियोले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा चितवनको भरतपुर महानगरपालिका–१५ मंगलपुर बस्ने ५३ वर्षीय दिपक ढुङ्गानाको गम्भिर घाइते भएका थिए । घाइते दिपककलाई उपचारका लागि चितवनस्थित मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्कार्पियो चालक बारा जिल्लाको कोल्बी नगरपालिका–९ बस्ने २८ वर्षीय राधेश्याम खड्कालाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

यस्तै चितवनको रत्ननगर नगरपाालिका–१, सौराहा चोकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बुधबार बिहान ७ बजेर ४५ मिनेटकोे समयमा पूर्व–पश्चिम राजमार्गमा भरतपुरबाट खैरहनीतर्फ जँदै गरेको ना ६ ख ६२८२ नम्बरको खाली ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ६४ प ४३३ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ट्रकको ठक्करबाट स्कुटर चालक रत्ननगर नगरपालिका–९ बस्ने २७ वर्षीय किशोर श्रेष्ठ गम्भिर घाइते भएका थिए । घाइते किशोरलाई उपचारक लागि चितवनस्थित मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा किशोरको बिहान ८ बजेर ३५ मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रक चालक बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–८, बस्ने २४ वर्षीय राजाराम साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।