हेटौंडाः पूर्व जनमुक्ति सेना नयम बहादुर तामाङ ‘जमिन’ लाई उपचारका लागि नगद सहयोग गरिएको छ । जनयुद्धका बेला गोलीको छर्रा च्यापुमा लागेका तामाङको सोहि ठाउँमा क्यान्सर भएको छ । क्यान्सर पीडित सिन्धुपाल्चोकका ‘जमिन’ भक्तपुरमा बसेर उपचार गर्दै हुनुहुन्छ ।

बागमती प्रदेशसभाका सदस्य प्रेम बहादुर पुलामी, मकवानपुरको बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान लागयत पूर्वी जनमुक्ति सेनाका सुमन पाख्रिनले शुक्रबार भक्तपुरमै पुगेरे जमिनलाई ३ लाख ७ सय ४५ रुपैयाँ नगद सहयोग गर्नुभएको हो । विभिन्न व्यवसायी, पूर्व जनमुक्ति सेना लगायतले सहयोग गर्नुभएको रकम संकलन गरेर एकमुष्ठ रुपमा उपचारका लागि सहयोग गरिएको सुमन पाख्रिनले जानकारी दिनुभयो ।