पँ. ज्यो तोयानाथ सुवेदी

मेष राशीः साता मध्यम किसिमको देखिन्छ । अध्ययन–अध्यापन कार्यमा पनि त्यति तत्परता नहोला । आफन्तले समेत कुरा सुन्न र समय दिन नसक्ने योग रहेको देखिन्छ । सानातिना काम र घरेलु समस्यामा नै समय व्यतित होला । काममा बाधा अड्चन रहे पनि परिश्रमले काममा परिपूर्णता होला । पारिवारिक सम्बन्ध ठिकै रहला । जिद्दी र एकोहोरो स्वभाव कायमै रहला । धार्मिक–सामाजिक तथा सांस्कृतिक काममा समय व्यतित होला । व्यवसायीहरुका लागि आत्मबल बढ्ला ।

वृष राशीः समय ठिक देखिन्छ । व्यावसायिक क्षेत्रबाट लाभ प्राप्त होला । पारिवारिक जमघट बढ्नेछ । साथीहरुबाट मनोरञ्जन प्राप्त होला । वैचारिक मतभेदले एक्लिनु पर्ला । मानसिक तनाब बढ्ने छ । आकस्मिक रुपमा स्वास्थ्यमा समस्या आउला । दाम्पत्य जीवनमा सुखी तथा समृद्ध बढ्नेछ । यात्राबाट आघात र मुद्दा मामिलाबाट टाढै रहँदा राम्रो । धार्मिक–सामाजिक काममा समय व्यतित हुनेछ । वैदेशिक योगबाट लाभ प्राप्त होला ।

मिथुन राशीः समय मिश्र फलदायी देखिन्छ । परिवारमा असमझदारी बढ्ला । परिवारमा मान्यजनहरु रुष्ट बन्लान् । जग्गा जमिन सम्बन्धी काम होला । कृषि चौपायबाट हानी । बौद्धिक क्षमताको प्रस्फुटन र सृजनात्मक सफलता प्राप्त । भोग विलाशमा मन जाला । प्रतिस्पर्धी र शत्रुहरुको चलखेल नबढ्ला भन्न सकिन्न । यात्रको योग होला । श्रमिक तथा कर्मचारीका लागि तनाब बढ्ला । शिक्षार्थीका लागि चिन्ता बढ्ला ।

कर्कट राशीः सामाजिक कार्यमा समय व्यतित होला । बोलिको प्रभाव बढ्ला र काममा सफलता । मनमा अस्थिरता बढ्ला । निर्णायक क्षमतामा कमि । काम धन्दामा अरुको भर नपर्दा राम्रो । बौद्धिक तथा सृजनात्मक सफलता प्राप्त होला । सहयोगी हातहरु पनि पछि हट्न सक्छन् । पढाई–लेखाइ मध्यम नै होला । व्यावहारिक खर्च बढ्ला । पेशागत र व्यावसायिक क्षेत्र ठिकै रहलान् । संगीत र साहित्यमा मन जाला ।

सिंह राशीः स्थानान्तरणको समस्याले मन विचलित बनाउला । धन लगानीको अवसर प्राप्त होला । धार्मिक काम तथा सामाजिक काममा समय व्यतित । बन्धुबान्धवबाट सहयोग प्राप्त होला । खर्च वृद्धि होला । काममा जाँगर चल्ने छैन । धैर्यमा पूर्णता । अचानक धनमाता हराउन सक्ला । अध्ययन–अध्यापन मध्यम नै रहला । लोकप्रियताका लागि धन समय व्यतित नहोला भन्न सकिन्न ।

कन्या राशीः आत्मनिर्णयको क्षमतामा वृद्धि । सन्तति र भाइबहिनीका पक्षबाट सन्तोष । भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय भइएला । व्यवसायीका लागि लाभप्रद समय छ । पराक्रम र उत्साह बढ्ने छ । उद्योग र व्यापारमा समय व्यतित । सामाजिक तथा धार्मिक काममा समय व्यतित होला । इच्छा र आकांक्षा पूर्ण हुनेछन् । प्रतिष्ठित व्यक्तिहरुसँग मित्रतापूर्ण सम्बन्ध कायम रहला ।

तुला राशीः समय मध्यम कारक रहनेछ । मानसिक तथा बौद्धिक क्षेत्रमा कमि आउला । मान सम्मान तथा पद प्रतिष्ठा बढ्ला । कृषि, पशुधनबाट लाभ प्राप्त होला । बन्द व्यापार पनि ठिकै रहला । व्यावसायिक क्षेत्र सफल । तीर्थव्रत तथा देवताको यात्रा बढ्ला । श्रमिक तथा कर्मचारीका लागि क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नुपर्ला । पढाइ लेखाइमा त्यति मन नजाला । विद्यार्थीका लागि तनाव बढ्न सक्छ ।

वृश्चिक राशीः प्रारम्भमा आत्मबल बढ्नेछ । पारिवारिक सम्बन्ध सुमधुर होला । समाज सेवाबाट लाभ प्राप्त होला । खर्च बढ्ने योग छ । अनावश्यक यात्रा होला । झगडा र विवादबाट रहँदा राम्रो । बोलिको विपरित अर्थ लाग्न सक्छ । अध्ययन अध्यापनमा प्रगति । धार्मिक काममा मन जाला । खानपानमा विचारणीय ।

धनु राशी ः समय ठिकै छ । जग्गा, जमिन सम्बन्धी कारोबार गर्दा विचारणीय समय छ । सामाजिक र नोकरीबाट लाभ प्राप्त । सरकारी काम वा राज्य पक्षबाट सम्मान । विचार र योजनालाई रचनात्मक रुप दिन सकिएला । पारिवारिक समस्या बढ्ला । स्वास्थ्य स्थिति कमजोर रहला । शरीर भारी र अशान्त रहला । खानपानमा सहजकता अपनाउनुपर्ला ।

मकर राशी ः कर्मसिद्घि र सामूहिक नेतृत्व सम्हाल्ने मौका प्राप्त होला । समाजमा प्रतिभाको कदर होला । मातापिताको सहयोग प्राप्त होला । नोकरी गर्नेले प्रशंसा वा सम्मान प्राप्त गर्नेछन् । स्वास्थ्य सवल छ । कृषि–पशुव्यवसायबाट लाभ । आशावादी बन्ने समय छ । बन्द व्यापारमा बृद्धि होला । परीक्षा अन्तरवार्तामा सफलता ।

कुम्भ राशी ः व्यापार र नोकरीमा हानी र अपजस आइपर्ला । यात्रा घातक बन्ला । अकारण वादविवादमा कसिएला । नयाँ ठाउँमा धन लगानी गर्ने अवसर आइपर्ला । पारिवारिक र बन्धुबान्धवको सहयोग प्राप्त होला । नोकरी तथा व्यवसायबाट विशिष्ट लाभ नहोला । पठनपाठनमा प्रगति होला । धार्मिक र सामाजिक क्षेत्रमा समय व्यतित होला ।

मीन राशी ः मिश्रित समय छ । माङ्गलिक कार्यमा सरिक भइएला । पढाइ–लेखाइका काममा खासै मन नजाला । लाभदायी यात्रा । सामाजिक परोपकार र धार्मिक क्षेत्रबाट लाभ प्राप्त होला । मातृपक्षको स्वास्थ्यमा आघात । भौतिक सामग्रीको खरिदमा समय व्यतित होला । शैक्षिक प्रयोजनका लागि धनखर्च होला । सामाजिक तथा धार्मिक काममा समय व्यतित होला ।