हेटौँडा : लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले बीरगन्जका दीपक थापालाई मकवानपुरको मनहरी गाउँपालिकाबाट पक्राउ गरेको छ ।
शुक्रबार बिहान ९ बजेर २५ मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत मनहरी–९, ज्यामिरेबाट बीरगन्ज महानगरपालिका–४, विर्ताका २७ वर्षीय दीपक थापालाई ६ केजी गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरीले राजमार्गमा हिँडिरहेका थापाको साथबाट गाँजा बरामद गरेको बताइएको छ । प्रहरीले मकवानपुर जिल्ला अदालतबाट ७ दिन हिरासतमै राखी अनुसन्धान गर्न अनुमति पाएको छ ।











