चट्याङ मास्टर (बायाँ) सुबोध गौतम (दायाँ) ।

हेटौँडा : सिस्नुपानी नेपाल मकवानपुरले दुईजना हाँस्यव्यंग्यकारलाई सम्मान गर्ने भएको छ । सिस्नुपानीको २५ औँ स्थापना दिवसको अवसरमा शनिबार दुईजना हास्यव्यंग्यकारलाई सम्मान गर्न लागेको सिस्नुपानी नेपाल मकवानपुरका अध्यक्ष संप्रस पौडेलले जानकारी दिनुभयो ।

स्थापना दिवसको अवसरमा युवा हाँस्यव्यंग्यकार सुबोध गौतम र सिस्नुपानी नेपालका संस्थापक कृष्ण मुरारी गौतम (चट्याङ मास्टर) लाई सम्मान गरिने पौडेलले जानकारी दिनुभयो । सुबोध गौतमलाई २० हजार रुपैयाँ नगदसहित आरसी रिजाल हाँस्यव्यंग्य सम्मान प्रदान गरिने भएको छ । यस्तै कृष्ण मुरारी गौतमलाई २५ हजार रुपैयाँ नगदसहित गणेश कुमार पौडेल स्मृति हाँस्यव्यंग्य सम्मान प्रदान गरिनेछ ।