हेटौँडा : वन्यजन्तु सप्ताहको अवसरमा वन विज्ञान क्याम्पस हेटौंडा परिसरमा सरसफाई गरिएको छ । वन विज्ञान अध्ययन संस्थान र कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत हेटौँडास्थित वन विज्ञान संकाय हेटौँडाको संयुक्त आयोजनामा ३० औं वन्यजन्तु सप्ताहमा क्याम्पस परिसरमा सरसफाई गरेका हुन् ।
सोमबार वन्यजन्तु सप्ताहको पहिलो दिन क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै क्याम्पस वरपरका स्थानहरुमा सरसफाई गरेका हुन् । बैशाख ७ गतेसम्म समुदाय केन्द्रीत कार्यक्रम गरेर वन्यजन्तु सप्ताह मनाउने वन विज्ञान अध्ययन संस्थानका विद्यार्थी दिपेन्द्र शाहीले बताए । समुदायस्तरमा वन्यजन्तु संरक्षणको सचेतना जगाउनका लागि कार्यक्रम प्रभावकारी हुने उनले बताए ।
वातावरण र प्रकृति संरक्षण हामी सबैको दायित्व रहेकाले सप्ताह अवधिभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउने उनले बताए । सप्ताह अन्तर्गत मंगलबारबाट क्रमशः वन र वन्यजन्तु सम्बन्धी नाटक प्रदर्शन, वन्यजन्तु सम्बन्धी सरोकारवालासँग अन्तरक्रिया, वन डँढेलो सम्बन्धी तालिम प्रदान गरिने उनले बताए ।











