हेटौँडा : मकवानपुरगढी गाउँपालिकाका सबै विद्यालयको वार्षिक परीक्षाको नतिजा एकसाथ सार्वजनिक भएको छ । बुधबार पालिकाका ३७ वटा विद्यालयले एकै साथ नतीजा सार्वजनिक गरेको हो ।
कक्षा १ देखि ७ र ९ कक्षाको नतिजा बुधबार सार्वजनिक भएको हो भने केही दिनमा नै पालिकाले आधारभूत तह (८ कक्षा) को नतीजा पनि सार्वजनिक गर्ने तयारी गरेको छ । पालिकाले यस वर्ष वार्षिक परीक्षा फागुन २६ गतेदेखि चैत ५ गतेसम्म सञ्चालन गरेको थियो । परीक्षाको उत्तीर्ण प्रतिशत केही दिनमा सार्वजनिक गर्ने गाउँपालिकाका शिक्षा सहजकर्ता कमल फुयालले जानकारी दिनुभयो । सहजकर्ता फुयालका अनुसार विद्यालयको नतिजा यस वर्ष सोचे अनुरुप कै आएको छ ।










