सांकेतिक तस्वीर ।

हेटौँडा : सिन्धुपाल्चोक जिल्लाको बलेफि गाउँपालिका–५, जङगारेभिरमा एक जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा बलेफि गाउँपालिका–४, करङगैराका ३८ वर्षीय सुरज लामा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

मंगलबार दिउँसो ३ बजेर ४० मिनेटको समयमा ब्रम्मायणी खोलाको बगरमा लामा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।