हेटौंडाः प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुव्र्यवहार गर्ने सवारी चालकलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जनाएको छ । सोमबार राती प्रदेश नम्बर २ को बारा जिल्लाबाट मकवानपुर जिल्ला प्रवेश गर्ने मुख्य नाका हेटौंडा–१५, स्थित रातोमाटे चेकपोस्टमा सुरक्षाजाँच गर्ने क्रममा अति आवश्यक सामग्री तथा पाठयपुस्तक ढुवानी लेखिएको ८ वटा टाटा पिकअप गाडी र बसमा लुकिछिपी आएका व्यक्तिहरु भेटिएको थियो ।
लुकाईछिपाई मानिस ल्याएको पिकअप भ्यान र बसका चालकसहित सवार यात्रुले प्रहरीलाई आर्थिक प्रलोभन देखाई प्रहरीसँग दुव्र्यवहार समेत गरेपछि मकवानपुर प्रहरीले चालकलाई नियन्त्रणमा लिएर कारवाही सुरु गरिएको जनाएको छ । ८ वटा सवारी साधनका चालक र यात्रुले ५० रुपैयाँदेखि एक हजार रुपैयाँसम्म गरी कुल २ हजार ९ सय ५० रुपैयाँ आर्थिक प्रलोभन देखाउन खोजेको अवस्थामा प्रहरीले प्रलोभन देखाउने ९ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।