हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१, नारायणी नदी किनारमा एक जना महिला मृत फेला परेकी छन् ।
आइतबार बिहान ८ बजेर ५० मिनेटको समयमा अन्दाजी ६० वर्षीया महिला मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल लगिएको छ ।