हेटौंडाः मकवानपुर जिल्लाको उत्तरीक्षेत्रस्थित ईन्द्रसरोवर गाउँपालिकाको ३ नम्बर वडामा नेपाली कांग्रेसको वडा समिति गठन भएको छ । मंगलबार भएको भेलाले नेपाली कांग्रेसको भातृ संगठन तरुण दल र महिला समिति पनि गठन गरिएको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति एवम् नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको उपस्थितिमा भएको भेलाले राजाराम बानियाँको सभापतित्वमा १९ सदस्यीय वडा समिति गठन गरेको छ ।भेलाले किशोर वाईबा तामाङको संयोजकत्वमा १७ सदस्यीय तरुण तल समितिसमेत गठन गरिएको छ ।
यस्तै रजिना रानामगरको संयोजकत्वमा १० सदस्यीय महिला समितिसमेत गठन गरिएको छ । नेपाली कांग्रेस ईन्द्रसरोवर गाउँपालिका सभापति विश्वलाल लामाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी र राप्रपा परित्याग गरी एक सय जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । भेलामा नेता ईन्द्रबहादुर बानियाँले उनीहरुलाई स्वागत गर्दै पार्टी सदस्यता प्रदान गर्नुभएको छ । पार्टी सदस्यता वितरण गर्नुहुँदै बानियाँले कम्युनिष्ट पार्टीले जनतालाई भ्रममा राखेर झुठको खेती गरेको भन्दै अब जनताले उनीहरुलाई साथ नदिने बताउनुभएको छ ।