हेटौँडा क्याम्प्स स्ववियु अध्यक्षमा निर्वाचित अभि मैनाली ।

हेटौँडा : स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) हेटौँडा क्याम्पसको अध्यक्षमा अनेरास्ववियुका अभि मैनाली निर्वाचित हुनुभएको छ । मंगलबार राती सुरु भएर बुधबार बिहान सम्पन्न भएको मतगणना अनुसार २ सय ५१ मतसहित मैनाली विजयी हुनुभएको हो । मैनाली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका अर्का आकांक्षी अखिल क्रान्तिकारीका दीपक वाईबा १ सय १९ मत सहित पराजित हुनुभयो ।

स्ववियुमा मैनालीकै प्यानलबाट पदाधिकारीहरू निर्वाचित भएका छ । सचिवमा मैनालीकै प्यानलबाट २ सय ७१ मत सहित अनेरास्ववियुका गणेश तिमल्सिना विजयी हुनुहुँदा निकटम प्रतिद्वन्द्वी वाईबाको प्यानलबाट अखिल (क्रान्तिकारी) का ईश्वर ढुङगेल ९१ मतसहित पराजित हुनुप¥यो । कोषाध्यक्षमा मैनाली प्यानलबाट २ सय ३६ मत सहित नेविसंघका सुरज बोलखे निर्वाचित हुनुभएको छ । सचिवका आकांक्षी अखिल क्रान्तिकारीकी प्राश्ना दोङ १ सय १५ मत सहित पराजित हुनुभयो । सदस्यमा शिशिर ढकाल (२६४ मत), नितेश भण्डारी (२५६ मत), नितिश कुमार यादव (२४८ मत), मुना सिकारी (२४७ मत) र अखिलेश कुमार यादव (२३८ मत) निर्वाचित हुनुभएको छ । अखिल क्रान्तिकारी प्यानलका सुस्मिता थिङ (१०९ मत), प्रमिला सिन्तान (११४ मत) स्वस्तिका सिन्तान (१०५ मत), अस्मिता थोकर (१०८ मत) र प्रकाशमान गोले (८३ मत) पराजित हुनुभयो ।

हेटौँडा क्याम्पसमा कुल छ सय ८५ जना मतदातामध्ये ३ सय ७४ जना (५५ प्रतिशत) ले मतदान गरेको सहायक क्याम्पस प्रमुख मनोज पोखरेलले जानकारी दिनुभयो ।