निर्मल बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष निर्वाचित प्रशान्त भण्डारी ।

हेटौँडा : स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) निर्वाचनमा हेटौँडा–१९, बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियुका प्रशान्त भण्डारीको प्यानल नै विजयी भएको छ । मंगलबार सम्पन्न निर्वाचनमा ५३ मतसहित भण्डारी अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । अध्यक्षका आकांक्षी विप्लप निकट अखिल (समाजवादी) की नविना घलानले ३१ मत प्राप्त गर्नुभयो ।

निर्मल बहुमुखी क्याम्पसमा ८७ जना मतदाता मध्ये ८४ मत खसेको प्रमुख निर्वाचन अधिकृत गोपीरमण प्याकुरेलले जानकारी दिनुभएको छ । भण्डारीको प्यानलबाट सचिवमा मुना भण्डारी, कोषाध्यक्षमा सविन अर्याल, सदस्यमा अम्बिका अर्याल, आयुषा ढकाल, सुजन तामाङ र दुर्गाकुमारी पण्डित निर्वाचित हुनुभएको छ ।