हेटौंडाः हेटौंडा–४, हुप्रचौरमा रक्तदान कार्यक्रम भएको छ । नेकपा एमाले निकट संगठन राष्ट्रिय युवा संगठन ४ नम्बर वडा कमिटीको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।
रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा २१ जना पुरुष र २ जना महिलाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभएको छ ।
यस्तै, शुक्रबार हेटौंडा–१५, राटोमाटेमा रक्तदान कार्यक्रम भएको थियो । कार्यक्रममा १२ पुरुष र ६ जना महिलाले रक्तदान गरेका थिए । कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो ।