हेटौँडा : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोट प्रतियोगिताको फाइनल खेल अहिले मकवानपुरले ललितपुरसँग खेलिरहेको छ । टस जितेर मकवानपुरले फिल्डिङ रोजेको छ । यो समाचार तयार पार्दासम्म मकवानपुरले १५ ओभर बलिङ गर्दा ४९ रन व्यहोरेको छ । मकवानपुरले १५औं ओभरमा ललितपुरको पहिलो विकेट लिएको छ ।
काठमाडौंको मुलपानी रंगशालामा फाइनल खेल भइरहेको छ । मकवानपुरले मंगलबार काठमाडौंलाई ३ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । काठमाडौंले दिएको २ सय ३२ रनको लक्ष्य ४१ ओभरमा ७ विकेटको क्षतिमा भेट्टाउँदै मकवानपुर फाइनल प्रवेश गरेको थियो । ललितपुर भने चितवनलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।