म्याट हस्तान्तरण गर्नुहुँदै वडाध्यक्ष दीपक खड्का (दायाँ) ।

हेटौँडा : हेटौँडा–१४, मयूरधापस्थित जनज्योति तेक्वान्दो डोजाङलाई १४ नम्बर वडा कार्यालयले सहयोग गरेको छ । आइतबार वडाध्यक्ष दीपक खड्काले सहयोग सामग्री हस्तान्तरण गर्नुभएको छ ।

वडा कार्यालयले एक लाख ६५ हजार रुपैयाँ बराबरको म्याट जनज्योति तेक्वान्दो डोजाङका प्रमुख विमल विश्वकर्मालाई हस्तान्तरण गरेको हो । डोजाङलाई म्याट आवश्यक परेर माग गरेपछि वडाले म्याट सहयोग गरेको डोजाङ प्रमुख विश्वकर्माले जानकारी दिनुभएको छ । डोजाङलाई प्राप्त भएको म्याटले तेक्वान्दो प्रशिक्षणमा सहज हुने उहाँले बताउनुभयो ।

डोजाङमा हाल ६० जना खेलाडीले नियमित तेक्वान्दो प्रशिक्षण गरिरहेका छन् । म्याटका कारण बाहिरी जिल्लाको प्रतियोगितामा सहभागी हुन सहज हुने उहाँले बताउनुभयो । मकवानपुर जिल्ला तेक्वान्दो संघको आयोजनामा सम्पन्न १७ औं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा डोजाङ प्रथम भएको उहाँले जानकारी दिनुभयो ।