संग्रह विमोचनका क्रममा खिचीएको तस्वीर ।

हेटौंडा : राम कार्कीको गजल संग्रहको विमोचन भएको छ । शनिबार साहित्य संगम मकवानपुरले आयोजना गरेको ३५२ औँ नियमित साहित्य सन्ध्यामा कार्कीको ‘तृप्ती’ गजल संग्रह विमोचन गरिएको हो ।

प्रा.डा. चुडामणि बन्धुको प्रमुख आतिथ्य तथा प्रा. डा. नारायणप्रसाद खनाल र बरिष्ठ बाल साहित्यकार प्रमोद प्रधानको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको छ । कार्यक्रममा स्वागत मन्तव्य साहित्य संगमका उपाध्यक्ष सानु खनालले राख्नुभएको थियो ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले विमोचित गजल संग्र्रहको समीक्षा गर्नुभएको छ । पाँचथरकी पोना हाङ्वा, महोत्तरीकी प्रतिमा पौडेल, सिन्धुलीका केशव घिमिरे, बागलुङकी सुरक्षा गौतम, बाजुराका सुनिल बुढा कछुवा र गायक यादव श्रेष्ठले कार्यक्रममा रचना वाचन गर्नुभएको थियो ।