हेटौंडा : रोटरी क्लब अफ हेटौंडा र रोटरी क्लब अफ तास्मिनिया अष्ट्रेलियाको संयुक्त आयोजनामा निःशुल्क आँखा शिविर भएको छ । फागुन ४ गतेदेखि फागुन ९ गतेसम्म भएको निःशुल्क आँखा शिविरमा ९९ जनामा मोतिविन्दु पहिचान भएको छ ।
मोतिविन्दु पहिचान भएका ९९ जनामध्ये ७८ जनाको निःशुल्क शल्यक्रिया गरिएको रोटरी क्लब अफ हेटौंडाले जानकारी दिएको छ । रोटरी क्लब अफ हेटौंडाले प्रत्येक वर्ष निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएकोमा सन् २०२४/०२५ मा दुई चरणमा आँखा शिविर कार्यक्रम सञ्चालन गरेको छ ।
क्लबले गत मंसिर २५ गतेदेखि २८ गतेसम्म निःशुल्क आँखा शिविर गरेका थियो । हेटौंडाको मानवसेवा अश्रम, मकवानपुरको चैनपुर, सिन्धुलीको कानेश्वर, महोत्तरी, बाराको नारायण गढी, रौतहट जिल्लाको देवही गोनाहीमा आँखा शिविर गरेर १ सय ८२ जनामा मोतिविन्दु पहिचान गरिएको बताइएको छ । क्लबले १ सय २७ जनाको निःशुल्क आँखाको शल्यक्रिया गरेको थियो । दुबै चरणको आँखा शिविरको नेतृत्व राजन न्यौपानेले गर्नुभएको थियो ।











