हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोईनसहित ३ जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ ६ बजेर ३० मिनेटको समयमा विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले हेटौँडा–१, झोलुङ्गे पुल नजिकै रहेको चिया पसलबाट लागूऔषध खैरो हेरोईनसहित ३ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रहरीले मकवानपुरगढी गाउँपालिका–४, सामरीका ३९ वर्षीय सुबि गुरुङ, नवलपरासी जिल्लाको पश्चिम सुस्ता गाउँपालिका–३ घर भई हाल मकवानपुरगढी गाउँपालिका–५ मा रहेको चुन उद्योगमा कार्यरत ३४ वर्षीय सुरज कुमार पाण्डे र हेटौँडा–१, चौकीटोलका ३४ वर्षीय नवराज भट्टलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ४ ग्राम २३० मिलिग्राम खैरो हेरोईन बरामद गरेको छ । यसअघि सोमबार पनि मकवानपुर प्रहरीले लागूऔषध खैरो हेरोईनसहित हेटौँडा–१, चौकीटोलबाट एकजनालाई पक्राउ गरेको थियो ।