हेटौँडा : चितवन जिल्लाको राप्ती नगरपालिका–१, पिप्लेमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार घाइते महिलाको उपचारको क्रममा मृत्यु भएको छ । गत सोमबार बिहान १० बजेर १५ मिनेटको समयमा पिप्ले स्थित पूर्व–पश्चिम राजमार्गमा हेटाँैडाबाट भण्डारातर्फ जाँदै गरेको लु २ ख १४९१ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४४ प ०११३ नम्बरको स्कुटरलाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा २ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा चालक हेटौंडा–१४, का ४८ वर्षीय रामहरी पौडेल र ४६ वर्षीय चन्द्रिका पौडेल घाइते भएका थिए । घाइते रामहरीलाई उपचारका लागि नयाँ मेडिकल कलेज लगिएको र चन्द्रिका पौडेल लाई पुरानो मेडिकल कलेज लगिएको थियो । घाइते चन्द्रिकाको उपचारको क्रममा आइतबार बिहान ४ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बस चालक रुपन्देहीको रोहिणी गाउँपालिका–४, का ४४ वर्षीय कन्हइ खवासलाई इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा रहेको छ ।