![jn](https://samriddhasamaj.com/wp-content/uploads/2025/02/jn-696x530.jpg)
हेटौंडाः निजामती कर्मचारी संगठनले उठाएको विषयलाई उठान गर्न तयार रहेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठन बागमती प्रदेश समितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कर्मचारीको विषय उठान गर्न नेकपा एमाले सधैं तयार रहेको बताउनुभएको हो ।
निजामती कर्मचारीको मागअनुसार धेरै कुरालाई समेटिएको हुनुपर्ने धारणा नेता थपलियाले राख्नुभयो । संघीय निजामती ऐन जारी नभए पनि लोकसेवामार्फत् कर्मचारीको व्यवस्थापन गर्ने गरेको उहाँको भनाइ छ । २०४६ सालको जनआन्दोलनबाट पेसा र हकहितका लागि काम गरेको उहाँले बताउनुभयो । नेकपा एमाले जनताको प्रतिनिधित्व गर्ने पार्टी रहेको उहाँले बताउनुभयो ।
एमाले पार्टीका पदाधिकारीहरुले व्यवस्थालाई कमजोर बनाउने कुरालाई उठान गरेको उहाँले बताउनुभयो । एमालेका विपक्षीले सामाजिक सञ्जालको दुरुपयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्ने काम गरेको उहाँले बताउनुभयो । निजामती कर्मचारी संगठनका पदाधिकारीहरुले पैसाको लोभ नगरिकन आफ्नो पदीय जिम्मेवारी राम्ररी निर्वाह गर्नुपर्ने बताउनुभयो ।
कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष भवानी दहालले कुनै पनि कामको कार्ययोजना निर्माण गरेपछि नेतृत्व गर्न सक्नुपर्ने बताउनुभयो । निजामती कर्मचारी टे«ड युनियनको कारणले पाउनुपर्ने धेरै अधिकार प्राप्त भएको बताउनुभयो । निकट भविष्यमा कर्मचारीमैत्री ऐन निर्माण हुनसक्ने बताउनुहुँदै संघीय ऐन नआउँदाको समयमा सबै मानिसले व्यथितिको सामना गर्नुपरेको धारणा राख्नुभयो ।
संगठन बलियो हुनका लागि नेतृत्वकर्ताको विचार सकारात्मक हुन आवश्यक रहेको कुरालाई उहाँले औंल्याउनुभयो । मजदुरको विषयलाई उठान गर्दा निजामती ऐनको कुरा उठ्ने उहाँले बताउनुभयो । स्वदेशमा काम गर्ने अवस्था नभएको समयमा सरकारलाई ध्यानाकर्षण गराउने काम कर्मचारी संगठनले गरेको उहाँको धारणा छ ।