हेटौँडाः मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्सा जिल्लाको सुगौली गाउँपालिका–३, ठूलोदेवलीका ४२ वर्षीय राजकपुर चौधरी रहेका छन् ।
राक्सिराङ्ग गाउँपालिका–४ स्थित जैसिङतालमा रहेको करङभिर सडक खण्डमा हिँडिरहेको अवस्थामा भिरबाट ६०/७० मिटर तल खसेर राज कपुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । भिरबाट लडेर शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर अवस्थामा रहेका चौधरीलाई शनिबार राती १ बजेर १० मिनेटमा हेटौँडा अस्पताल ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार मृतकको शरीर हेटौंडा अस्पतालमै रहेको र घटनाको विषयमा अनुसन्धान भइरहेको छ ।