हेटौंडाः माघ २ गतेदेखि हराइरहेका हेटौंडा–१६, हटिया निवासी १३ वर्षीय अनमोल सेञ्चुरी फेला परेका छन् । खोजतलास गर्ने क्रममा भारतको रघुनाथपुरमा फेला पारेर अभिभावकको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
अनमोलका बुबा अर्जुन विश्वकर्माले माघ ३ गते हटिया अस्थायी प्रहरी पोष्टमा छोरा हराएको भन्दै निवेदन दिनुभएको थियो । नेपाल प्रहरी, बाल हेल्पलाइन मकवानपुरको संयुक्त प्रयासले भारतका प्रहरीसँग समन्वय गरेर बालक फेला परेको बताएको छ ।