लागूऔषध डाईजेपामसहित पक्राउ परेका सुमन स्याङ्तान र प्रसुल देउला ।

हेटौँडा ः पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेस्थित चेकपोष्टबाट मकवानपुर प्रहरीले ४७ एम्पुल लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । बुधबार राती २ बजेर ३० मिनेटको समयमा सवारी साधन रोकेर सुरक्षाजाँच गर्दा हेटौँडा–८, कमानेका ३० वर्षीय सुमन स्याङ्तान र १९ वर्षीय प्रसुल देउलालाई लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३–००५ प ९५९२ नम्बरको मोटरसाइकल चालक स्याङ्तान र देउलाको साथबाट लागूऔषध डाईजेपाम १२ एम्पुल, नुर्फिन १९ एम्पुल, र फेनार्गन १६ एम्पुल गरेर ४७ एम्पुल लागूऔषध फेला परेको प्रहरीले जानकारी दिएको छ । मकवानपुर जिल्ला अदालतबाट १० दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।