लागूऔषध गाँजासहित पक्राउ परेका विनोद सहनी ।

हेटौँडा ः लागूऔषध गाँजासहित एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ ५ बजेर ३० मिनेटको समयमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–१५, रातोमाटेमा सवारी साधनहरु रोकेर सुरक्षाजाँच गर्ने क्रममा हेटौँडाबाट बीरगन्जतर्फ जादै गरेको बा प्र ०३–००१ ज ०८९० नम्बरको यात्रुबाहक भ्यानमा सवार पर्सा जिल्लाको भौराटार गाउँपालिका–७ का ३० वर्षीय विनोद सहनीलाई गाँजासहित पक्राउ गरेको हो ।

प्रहरीले सहनीको साथबाट ५ किलो ५९० ग्राम गाँजा बरामद भएको जनाएको छ । बरामद भएको लागूऔषधसहित बिनोद सहनीलाई नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमती लिई विनोदलाई हिरासतमै राखेर अनुन्धान गरिरहेको जनाएको छ ।