हेटौँडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६, विजयनगर चोकमा स्कुटरको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । मंगलबार साँझ ६ बजेर २० मिनेटको समयमा नयाँबस्तीबाट बिजयनगर तर्फ जाँदै गरेको ना ५७ प १९४१ नम्बरको स्कुटरले पैदल यात्री घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
स्कुटरको ठक्करबाट विजयनगर बस्ने ८१ वर्षीया नन्दकला पौडेल गम्भिर घाइते भएकी थिइन् । घाइते पौडेललाई उपचारका लागि नयाँ मेडीकल कलेज भरतपुरमा लगिएको थियो । उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटर चालक भरतपुर महानगरपालिका–१७, बस्ने ३९ वर्षीय टन्क प्रसाद सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।