कार्यक्रम पश्चात सामुहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः साइकल सिटी हेटौंडाको अध्यक्षमा लेखनाथ ढकाल चयन हुनु भएको छ । शनिबार भीमफेदी गाउँपालिका–१, भैंसेमा भएको साधारण सभा तथा वनभोज कार्यक्रमबाट ढकालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ ।

साइकल सिटीको उपाध्यक्षमा प्रदिप थापा र महासचिव रामप्रसाद फुँयाल चयन हुनुभएको छ । सचिवमा रनिश मानन्धर र कोषाध्यक्षमा मंगल सिंह तामाङ चयन हुनुभएको छ । यस्तै सदस्यमा पृथ्वी रायमाझी, राजिप ठाकुर, नवीन श्रेष्ठ, मुना गिरी, गोपाल थापा र सञ्जु श्रेष्ठ चयन हुनुभएको छ । साधारण सभा तथा वनभोज कार्यक्रमकै अवसरमा दीपक खड्काको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । सल्लाहकार समितिको सदस्यमा रामकुमार श्रेष्ठ, जयराम चौलागाई, सुरेश स्याङ्बो, दीपक सुवेदी, केवल बानियाँ र चन्द्र मानन्धर हुनुहुन्छ ।

साइकल संस्कृतिको विकासका लागि दीपक खड्काको संयोजकत्वमा साइकल सिटी हेटौँडाको तदर्थ समिति गठन गरिएको थियो । तदर्थ समितिका संयोजक खड्काको सभाध्यक्षमा तथा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको प्रमुख आतिथ्यमा साधारण सभा तथा वनभोज कार्यक्रम भएको हो । उद्योग वाणिज्य संघका अध्यक्ष रानाभाटले साइकल सिटी हेटांैडाले चालेको ३ खम्बे नीति स्वास्थ्य, सरसफाइ, मनोरञ्जन सदैव साथ दिने विश्वास दिलाउनुभयो ।