हेटौंडा ः हेटौँडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सेसले आयोजना गरेको म्यानेजमेन्ट फेष्टमा वनविज्ञान क्याम्पस प्रथम भएको छ । आइतबार र सोमबार दुइ दिन आयोजित फेष्टमा कृषि तथा वन विज्ञान विश्वविद्यालय, वन विज्ञान संकाय, हेटौंडा फरेष्ट्री क्याम्पस अन्तर्गत एफओएफका १० व्याचको टिम प्रथम भएको हो । वन विज्ञान संकायका प्रतीक्षा पौडेल, करुणा दाहाल, कुसुम खड्का र दिपेश श्रेष्ठ सहभागिता रहेको थियो ।

हेटौंडा–५, पिप्लेस्थित हेटौंडा सिटी कलेजको टिम मारियो द्वितीय हुँदा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसेल साइन्सेस अन्तर्गत “द इम्पेरियल टायकुन्स“ टिम तेस्रो तृतीय स्थानमा पर्न सफल भएको छ । म्यानेजमेन्ट फेष्ट प्रतियोगितामा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसेल साइन्सेस, हेटौंडा सिटी कलेज, हेटौँडा क्याम्पस, हेटौँडा फरेष्ट्री क्याम्पस (कृषि तथा वन विज्ञान विश्वविद्यालय) र शहीद आकाश मेमोरियल कलेज गरी जम्मा ६ टिमहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम हुने वनविज्ञान क्याम्पसको टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् भने द्वितीय र तृतीय हुने टिमले पनि मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

बादबिवाद प्रतिस्पर्धामा ८ जना विद्यार्थीहरूले भाग लिएका थिए भने गेमिङ टुर्नामेन्ट (पबजी) मा ४ खेलाडी भएका ७ टिमहरु सहभागी थिए । ट्याग द ब्राण्ड मा ११ टिमहरु प्रतिस्पर्धा गरिरहेका थिए भने आईटी क्विजमा ६ जना सहभागी थिए । यस्तै, फेस्टको खाद्यान्न स्टलले “रिप्रिजेन्ट योर कल्चर” भन्ने विषयमा ९ स्टलहरू प्रस्तुत गरेका छन्, जसमा ७ स्टलहरू ब्याचलरका विद्यार्थीहरुले तयार गरेका हुन् भने २ स्टलहरु होटल म्यानेजमेन्टका विद्यार्थीहरूले प्रस्तुत गरेका थिए ।