उद्घाटन गरिँदैको तस्वीर ।

हेटौंडाः महिला पतञ्जली योग समिति मकवानपुरको आयोजनामा दुई दिवसीय उद्घोषण कला तथा क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सुरु भएको छ । शुक्रबार हेटौंडामा महिला पतञ्जली योग समिति मकवानपुरकी अध्यक्ष शकुन्तला सिंह र पतञ्जली योग समिति बागमती प्रदेशका सदस्य ध्रुवप्रसाद पौडेलको प्रमुख आतिथ्यमा प्रशिक्षण सुरु भएको हो ।

‘घर–घरमा योगः स्वस्थ शरीर, सकारात्मक सोच’ भन्ने उद्देश्यले प्रशिक्षण सुरु भएको हो । प्रशिक्षक दीपकराज मिश्रले प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षणको उद्घाटन कार्यक्रममा पतञ्जली योग समिति मकवानपुरका कार्यवाहक अध्यक्ष राजन थापा लगायतको उपस्थिति रहेको थियो ।