साधारणसभाको उद्घाटन गर्नु हुँदै बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान

हेटौँडाः हेटौँडा–११ स्थित क्षिरसागर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।

साधारणसभामा अध्यक्ष शालिकराम पुडासैनीले गत आर्थिक वर्ष २०८०/०८१ मा सहकारी संस्थाको शेयर पूँजी ६ लाख रुपैयाँ रहेको प्रतिवेदन पेश गर्नुभएको हो । उहाँले आर्थिक वर्ष २०८०÷०८१ मा १ करोड ९८ लाख ७३ हजार रुपैयाँको आर्थिक कारोबार भएको बताउनुभयो ।

स्थानीय सरकारबाट प्राप्त हुने पशु बीमा कार्यक्रम, पशु खरिद अनुदान कार्यक्रम र विभिन्न रोग विरुद्धको अभियान कार्यक्रममा सहजीकरण गरिएको उहाँले बताउनुभयो । कृषकलाई आवश्यकता पर्ने सबै प्रकारको पशु आहारा संस्थाबाटै विक्रि वितरण गर्ने गरेको पुडासैनीले जानकारी दिनुभयो । साधारण सभामा वडा अध्यक्ष जुना दहालको पनि आतिथ्य रहेको थियो ।