हेटौँडाः सिन्धुली जिल्लाको मरिण गाउँपालिका–५, ज्यामिरेमा भिरबाट लडेर घाइते भएका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा ४७ वर्षीय भिम बहादुर स्याङ्तान रहेको बागमती प्रदेश प्रहरी हेटौँडाले कार्यालय जानकारी दिएको छ ।
गत मंगलबार साँझ ५ बजेको समयमा स्याङ्तान जङ्गलमा घाँस काट्न जाने क्रममा भिरबाट १० मिटर तल खसेर घाईते भएका थिए । घाइते स्याङ्तानलाई सिन्धुली अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि बुधबार भक्तपुर ईन्टरनेशनल अस्पताल लगिएको थियो । उपचारको क्रममा स्याङ्तानको मंगलबार बिहान ३ बजेको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।