हेटौंडाः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) हेटौँडा उपमहानगर कार्यसमितिको अध्यक्षमा पुनः रामकुमार श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । आइतबार हेटौँडामा सम्पन्न छैठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले श्रेष्ठको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
उपमहानगर समितिको उपाध्यक्षमा श्यामकुमार बानियाँ, सचिवमा सुदीपराज गिरी, कोषाध्यक्षमा अरुण पराजुली चयन हुनु भएको छ । सदस्यमा कविता मुडभरी, शंकर खत्री र दिल बहादुर थिङ चयन हुनुभएको छ । प्याब्सन नगर कार्यसमितिका अध्यक्षमा रामकुमार श्रेष्ठको अध्यक्षता तथा प्याब्सन केन्द्रीय सह–कोषाध्यक्ष ग्रेस श्रेष्ठको प्रमुख आतिथ्यमा छैठौं वार्षिक साधारणसभा तथा तेस्रो नगर अधिवेशनको उद्घाटन समारोह भएको हो । कार्यक्रममा प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, सल्लाहकार मदन कुमार दहाल, ऋषिराम आचार्य लगायतको उपस्थिति रहेको थियोे ।