लागुऔषध गाँजासहित पक्राउ परेका प्रताप र राममायालाई सार्वजनिक गर्दै इलाका प्रहरी कार्यालय मनहरी ।

हेटौँडाः मकवानपुर प्रहरीले लागुऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । सोमबार दिउँसो ३ बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मकवानपुरको मनहरी–७, मनहरी बजारबाट ९ किलो ८५० ग्राम लागुऔषध गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले गाँजासहित मकवानपुरको कैलाश गाउँपालिका–४, झ्याकेका ५२ वर्षीय प्रताप सिं मोक्तान र ५० वर्षीया राममाया मोक्तानलाई पक्राउ गरेको हो । प्रताप र राममाया श्रीमान् श्रीमति भएको प्रहरीले जानकारी दिएको छ । मकवानपुर जिल्ला अदालतबाट ८ दिनको म्याद थप अनुमती लिई दुबैजनालाई हिरासतमा राखी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।