मतदान गरेर फर्कनुहुँदै १०२ वर्षीय गोविन्द लामिछाने ।

हेटौँडाः स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा–१२ मा १०२ वर्षीय एक वृद्धले मतदान गर्नुभएको छ । हेटौँडा–१२ स्थित विष्णुज्योति आधारभूत विद्यालय मतदान केन्द्रमा गोविन्द लामिछानेले मतदान गर्नुभएको हो । उहाँले छोराको सहयोगमा मतदान गर्नुभएको हो ।

हेटौँडा–१२ मा वडाअध्यक्षका लागि निर्वाचन भइरहेको छ । आइतबार दिउँसो १ बजेसम्ममा झण्डै ५२ प्रतिशत मतदाताले मतदान गरिसकेका छन् । निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । देशभर ४१ स्थानमा निर्वाचन भइरहेको छ । हेटौँडा–१२ को मतदान सकिएलगत्तै मतगणनाको कार्य सुरु गर्ने तयारी छ ।