हेटौँडाः स्थानीय तह उपनिर्वाचन अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ मा वडा अध्यक्ष पदका लागि मतदान जारी छ । बिहान ७ बजेटमा सुरु भएको मतदान कार्यक्रममा मतदाताको उत्साहजनक उपस्थिति रहेको छ ।
२ मतदानस्थलको ९ मतदानकेन्द्रका मतदाताहरू लामबद्ध भएर मतदान गरिरहेका छन् । दिउँसो १ बजेसम्ममा दुबै मतदानस्थलमा गरी करिब ५२ प्रतिशत मत खसेको छ । प्रतिभा आधारभूत विद्यालयको मतदान केन्द्रमा २ हजार ३ सय ८० मतदाता (५३.७९ प्रतिशत) ले मतदान गरेका छन् । यस्तै विष्णुज्योति आधारभूत विद्यालयमा १ हजार ८ सय ४३ जना मतदाता (५०.८४ प्रतिशत) ले मतदान गरेका छन् ।