बालमैत्री वडा घोषणा गर्नुहुँदै नगरप्रमुख मीना कुमारी लामा ।

हेटाँैडाः हेटौँडा उपमहानगरपालिकाको १९ नम्बर वडा बालमैत्री वडा घोषणा भएको छ । नगरप्रमुख मीना कुमारी लामाले वडालाई बालमैत्री घोषणा गर्नुभयो । वडाको शेरशेरमा एक समारोहकाबीच बालमैत्री वडा घोषणा गरिएको हो । बालमैत्री घोषणा हुने १९ नम्बर वडा हेटौँडा उपमहानगरको दशौं वडा हो ।

वडाध्यक्ष नरनाथ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अघिकृत सूर्यप्रसाद गौतम, वडाध्यक्षहरु, संघ, सस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । बालमैत्री वडा घोषणा भएलगत्तै बालविवाह र बालश्रमको समस्या न्युनीकरणमा विशेष कदल चलाउने वडाध्यक्ष नरनाथ सुवेदीले बताउनुभएको छ । वडा पूर्णखोप, पूर्णसाक्षर वडा र खुल्ला दिसामुक्त वडा घोषणा भइसकेको उहाँले बताउनुभएको छ । मुख्यरुपमा बालविवाह र बालश्रम जस्ता समस्याहरु धेरै भएको उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । यसअघि हेटौंडा–२, ४, ७, ८, ९, १०, ११, १५ र १७ नम्बर वडा बालमैत्री वडा घोषणा भइसकेको छ ।