रोयल इन्फिल्डर्सको क्लासिक ३५० सिग्नल सार्वजनिक गरिँदै ।

हेटौँडाः मोटरसाइकल पारखीहरुका लागि लोकप्रिय ब्राण्ड रोयल इन्फिल्डर्सको क्लासिक ३५० सिग्नल एडिसन हेटौँडामा बुधबार सार्वजनिक गरिएको छ । रोयल इन्फिल्डर्सको हेटौँडाका लागि आधिकारिक विक्रेता ओम अटोमोवाइल्सले एक कार्यक्रमका बीच सार्वजनिक गरेको हो ।

हेटौँडा–१० स्थित ओम अटोमोवाइल्सको शोरुममा हेटौँडा इन्फिल्डर्स मकवानपुरका अध्यक्ष राजक शाही र हेटौँडा लेजेन्ट्सका अध्यक्ष विजय थापाले संयुक्तरुपमा क्लासिक ३५० सिग्नल सार्वजनिक गर्नुभएको हो । रातो–खैरो र खैरो दुई वटा रंगका मोटरसाइकल सार्वजनिक गरिएको छ । हेटौंडासँगै नेपालभर रहेका रोयल इन्फिल्डर्सका २४ वटा शोरुममा बुधबार एकसाथ क्लासिक ३५० सिग्नल सार्वजनिक गरिएको ओम अटोमोवाइल्सका प्रोप्राइटर दिविश गोविन्द जोशीले जानकारी दिनुभएको छ ।

नयाँ एअर आयल कुलर इन्जिनले सहजैसँगै पावर डेलिभरी, बलियो टर्क र अत्यन्त परिस्कृत अनुभव प्रदान गर्ने इन्फिल्ड क्लासिक मोटरसाइकल ५ लाख ५५ हजार ६ सय रुपैयाँ मूल्यको रहेको जनाइएको छ । नयाँ एग्रोनोमिक्स, ग्रिप्स, रोटरी स्वीच, इन्फो स्वीच र ओभल मास्टर सिलिन्डर लगायतको फिचरहरुको रहेको बताइएको छ ।