थोक तरकारी बजार ।

हेटौँडाः हेटौँडास्थित थोक तरकारी बजारमा तरकारीको मूल्य बृद्धि भएको छ । काउली, रायोको साग, करेला लगायतको तरकारीको मूल्य बृद्धि भएको हो । बुधबार प्रतिकिलो ८० रुपैयाँमा बिक्री भएको काउली बिहीबार किलोमा २० रुपैयाँ बढेर प्रतिकेजी १०० रुपैयाँमा बिक्री भएको छ ।

बुधबार प्रति मुठा १५ रुपैयाँमा बिक्री भएको साग बिहीबार ५ रुपैयाँ बढेर प्रतिमुठा २० रुपैयाँमा बिक्री भएको व्यवसायी बद्रि घिमिरेले जानकारी दिनुभयो । विवाहको लगनका कारण अहिले तरकारीको माग धेरै भएको हरियो ताजा तरकारीको मूल्यमा बृद्धि भएको घिमिरेको भनाई छ । बिहीबार थोकबजारमा प्रतिकेजी बन्दा ६५ रुपैयाँ, मकैबोडी ७० रुपैयाँ, गोलभेँंडा १०० रुपैयाँ, करेला १०० रुपैयाँ, हरियो खुर्सानी १०० रुपैयाँ, हरियो धनियाँ १०० रुपैयाँ, मुला ३५ रुपैयाँ, बरेला ४० रुपैयाँ, पर्वल १०० रुपैयाँ र नयाँ आलु ७२ रुपैयाँसम्मंमा बिक्री भएको छ ।