हेटौँडाः चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका–३, फिस्लिङमा भारतीय ग्यास बुलेटले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखाको गण्डकी गाउँपालिका–६ बस्ने ४५ वर्षीया सिता प्रजा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सोमबार दिउँसो १२ बजेर २५ मिनेटको समयमा पृथ्वीराजमार्ग सडक खण्डमा भारतबाट बनेपा तर्फ जाँदै गरेको एन एल ०१ एन ०२८० नम्बरको भारतीय ग्यास बुलेटले ठक्कर दिँदा प्रजनाको घटना स्थलमा नै मृत्यु भएको थियो । बुलेट चालक भारतको बिहार प्रदेशका ६२ वर्षीय मोहम्मद मतिनलाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ ।