म्यान अफ द म्याच सलिल ढकाललाई ट्रफी हस्तान्तरण गरिँदै ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा जारी दोस्रो संस्करणको चैनपूर जेसीज कप फुटबल प्रतियोगिताको फाइनलमा एफसी परेली क्लब प्रवेश गरेको छ । शनिबार मनहरी गाउँपालिकाको गोलघर खेलमैदानमा भएको दोस्रो सेमीफाइनल खेलमा मनहरी–५ लाई टाइब्रेकरमा ५–४ गोलअन्तरले हराउँदै एफसी परेली फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित समय २–२ गोलको बराबरीमा सकिएपछि नतीजाका लागि टाइब्रेकरको सहारा लिनुपरेको थियो । परेलीका लागि विशाल तामाङ र बसन्त कुमालले गोल गरेका थिए भने मनहरीका लागि मिलन तितुङ र बिक्की चाम्लिङले गोल गरेका थिए । म्यान अफ द म्याच सलिल ढकाल घोषित भए ।

प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख ११ हजार रुपैयाँ १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५१ हजार १ सय ५१ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।