हेटौँडाः हेटौँडाको तरकारी बजारमा बिहिबार गोलभेँडाको मूल्य घटेको छ । थोक बजारमा बुधबार प्रतिकेजी १२० रुपैयाँमा बिक्रि भएको गोलभेँडा बिहिबार प्रतिकेजी ४० रुपैयाँसम्म घटेको छ । तरकारी व्यवसायी बद्रि घिमिरेले बिहिबार गोलभंँडा प्रतिकेजी ८० देखि ९० रुपैयाँमा बिक्रि भइरहेको बताउनुभयो । त्यसैगरी रायोको साग पनि मुठामा ५ रुपैयाँ घटेर प्रतिमुठा २५ रुपैयाँमा बिक्रि भइरहेको घिमिरेले बताउनुभयो ।
अन्य तरकारी भने बुधबारकै मूल्यमा बिक्री भइरहेको छ । बुधबार थोक बजारमा काउली प्रतिकेजी १२० रुपैयाँ, बन्दा ५०, मकै र तने बोडी ५०, करेला १००, हरियो खुर्सानी १०० र हरियो धनियाँ ७० रुपैयाँसम्म बिक्री भएको थियो । यस्तै नयाँ आलु ७५ र पुरानो आलु ५५ रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।