हेटौंडाः दोलखा जिल्लाको मेलुङ गाउँपालिका–१, जामुनेका २२ वर्षीय राजेन्द्र बुढाथोकी मृत भेटिएका छन् । तामाकोशी नदी किनार चैतेघाटमा एकादशी पुजाको डोरी तार्ने भनी मंगलबार तामाकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बुढाथोकी बेपत्ता भएका थिए ।
घटनास्थलबाट १० किलोमिटर दक्षिण मेलुङ गाउँपालिका–१, झ्याकुरेस्थित तामाकोशी नदिको किनारमा बुढाथोकीको शव बुधबार फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । शव पोस्माटमका लागि चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पताल पठाइएको छ ।