हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले हेटौँडा–७, नागस्वतीमा हुने राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । सोमबार बसेको कार्यपालिका बैठकले नागस्वती भेट्रान्स क्लबको आयोजनामा मंसिर ४ गतेबाट हुने फुटबल प्रतियोगितालाई ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो । यसअघि रोटरी क्लबले आयोजना गरेको भेट्रान्स फुटबललाई पनि उपमहानगरपालिकाले ५ लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।
यस्तै कार्यपालिका बैठकले हेटौँडा–१८, हर्नामाडीस्थित गोरक्षनाथ माध्यमिक विद्यालयमा छात्रा शौचालय निर्माणका लागि १३ लाख ८४ हजार रुपैयाँ बजेट दिने निर्णय गरेको छ । कार्यपालिका बैठकले मनकामना चोकदेखि नगरपालिकारोड हुँदै लोकप्रिय चोकसम्म गमलासहितको सडक बत्ती जडान गर्ने प्रस्ताव अर्को बैठकमा राख्ने जनाएको छ ।