हेटौँडाः हेटौंडामा छठ पूजाको तयारी पूरा भएको छ । आज बिहिबार छठ पर्वको मुख्य दिन पर्र्व सुरु हुने भएसँगै पूजाको तयारी पूरा भएको हो ।
हेटौंडा–१ स्थित राप्ती नदिको किनारमा छठ पूजा सुरु हुने लागेको मुख्य द्धारा अगाडि सिंगारिएको छ । गत वर्षको तुलनामा छठ पूजाको स्थलमा भक्तजन, दर्शालु र घुम्न आउनेहरुको घुम्चो लाग्ने अनुमान गरिएको संयुक्त मधेशी सेवा समाज जिल्ला कार्य समिति मकवानपुरका अध्यक्ष रविरन्जन कुमार कलवारले जानकारी दिनुभएको छ ।
गत वर्षको ७० हजार जनाको हाराहारी भक्तजनहरु आएकोमा यस वर्ष झण्डै १ लाखको हाराहारीमा दर्शालु र भक्तजनहरु आउने अनुुमान रहेको अध्यक्ष कलबारले बताउनुभयो । अहिलेको समयमा मधेश समुदायका मानिसहरु जस्तै पहाडी मुलुकका हिन्दु धर्मालम्बीका मानिसहरुले पनि छर्व पर्व मनाउने गरेको हुनाले गत वर्षको तुलनामा यस वर्ष भक्तजन र दर्शालुहरुको संख्यामा वृद्धि हुन सक्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।
पूजा स्थलमा मकवानपुर जिल्लाभरीबाट आउने भक्तजनहरुको मध्यनजर गरेर जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर सुरक्षा व्यवस्थापनका लागि परिचालन गरेको उहाँले बताउनुभयो । जिल्ला ट्रफिक प्रहरी कार्यालयका ट्रफिक प्रहरीहरुसँगको समन्वयमा सडक सुरक्षा तथा यातायात व्यवस्थापन मिलाइएको छ भने निःशुल्क पार्किङ स्थलको पनि व्यवस्था गरिएको उहाँको भनाई छ ।
हेटौंडा उपमहानगरपालिकाको विभिन्न स्थानीय निकायहरुको सहयोगमा छठ पूजाको लागि साढे ६ सय फिटको पाण्डलहरु निर्माण गरिएको उहाँले बताउनुभयो । पूजा स्थलमा १५ वटा स्टलहरु रहेको जसमा निःशुल्क स्वास्थ्य शिविरको सचिवाल, पानीको व्यवस्थाका लागि स्टल, समादायिक प्रहरीको नागरिक सहयक कक्ष लगायत अन्य खाद्यान्न सामाग्री विक्री वितरणका लागि स्टल राखिएको छ भने स–साना बालबालिकाको मनोरञ्जनका लागि जम्पिङ थ्रो, घुम्ने गाडीका लागि टिकटको व्यवस्था गरिएको छ ।
टेन्ट व्यवस्थापन, विद्युत व्यवस्थापन, घाट व्यवस्थापन र बाल उत्थान व्यवस्थापन गर्नका लागि छुट्टा छुट्टै समितिको गठन गरिएको छ । पूजामा खट्ने स्व्यमसेवाहरुका लागि पनि निःशुल्क पानी र चियापानको व्यवस्था गरिने बताइएको छ ।